site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले अनुसन्धानका निम्ति पक्राउ गरेको हो ।

सोमबार बिहान उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले बाह्रखरीलाई जानकारी दिए 

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएर छाडेको थियो ।

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो । त्यससँगै उनी पक्राउ परेका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro