site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेयर बालेन लेख्छन्– मैले सुनेको कुरा गलत होस् !
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले बाहिर विभिन्न हल्ला हुने गरेको उल्लेख गरेका छन् ।

उनले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष पनि गरेका छन् । आफूले सुनेका हल्ला गलत होस् भन्ने उनको कामना छ ।

“नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !”

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro