site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पैसा लुट्न मनी ट्रान्सफरका सञ्चालकको कन्चटमा गोली प्रहार

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७, खापडचोकस्थित शिवम् मनी ट्रान्सफरबाट पैसा लुटपाट गर्न आएका भारतीय नागरिकले शुक्रबार सञ्चालकको कन्चटमा गोली प्रहार गरेका छन् । गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए ।

उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको उनले बताए ।

गोली प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

दिउँसो करिब साढे १ बजेको घटनापछि भाग्दै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले रकम लुटपाट गरे/नगरेको बारेमा अनुसन्धान जारी रहेको एसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro