site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ । 

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार, मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन् । 

“मार्च १२ (मंगलबार)को राति भएको सडक दुर्घटनामा उहाँहरूको मृत्यु भएको हो । बाटो काट्न लागेको बेला उहाँहरुलाई कारले ठक्कर दिएको भन्ने खबर प्राप्त भएको छ,” राजदूत लम्सालले बाह्रखरीसँग भने । 

महबुला क्षेत्रको समुन्द्री किनारस्थित सडकमा तीन नेपालीलाई कारले ठक्कर दिएको थियो । कार कुवेत नागरिकले चलाएका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ । 

“मृत्यु भएका तीनजनामध्ये दुईजनाको परिवार सम्पर्कमा आउनुभएको छ । अछामका कडायतको परिवारसँग सम्पर्क हुन सकेको छैन,” राजदूत लम्सालले जानकारी दिए । 

परिवार सम्पर्कमा आए सबै शव एक साताभित्र नेपाल पठाउने तयारी गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro