site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री र एडीबीका कन्ट्री डाइरेक्टरबीच शिष्टाचार भेट

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । 

त्यस क्रममा उनले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । 

यस्तै, उनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोसी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे । जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडीबीले नेपालका महत्त्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे ।

आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोसी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए । २० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro