site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पक्राउ परेका बैंकरलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । उच्च अदालत पाटनले पक्राउ परेका बैंकरहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

फागुन १५ गते तत्कालीन सेन्चुरी बैंकका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्न सीआईबीले तेस्रोपटक म्याद थपको अनुमति मागेको थियो ।

अदालतले आज थप पाँच दिनको समय दिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सीआईबीले डेपुटी सीईओ मनोज न्यौपानेसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोप लागेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro