site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिजबुल्लाह लडाकुले गरे उत्तरी इजरायलतर्फ १०० रकेट प्रहार
तस्बिर : एएफपी ।

जेरुसेलम । हिजबुल्लाह लडाकुले मंगलबार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले हवाई प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार, रकेटहरू माथिल्लो ग्यालिली क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइट्समा प्रहार गरिएको थियो । तर, हवाई प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको छ ।

इजरायल डिफेन्स फोर्सले आफ्ना लडाकु विमानहरूले रकेट प्रहार गर्न प्रयोग हुने तीन लन्चरलाई रोकेको जनाएको छ ।

बेरुतबाट करिब ४५ किलोमिटर पूर्वमा रहेको लेबनानको बेका उपत्यकामा इजरायली हवाई आक्रमणको जवाफमा ‘साल्भोस’ आएको हो ।

गोलान हाइट्सतर्फ हालै हिजबुल्लाह विमान हमलाहरूको बदला लिन दुई स्थानलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो । इजरायल सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको बेका उपत्यकालाई हिजबुल्लाहको गढ मानिन्छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro