site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राप्रपा नेता श्रेष्ठमाथि हातपात गर्ने समूह खोज्दै प्रहरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान गर्दै छ । श्रेष्ठमाथि आइतबार पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा सहभागी भएका बेला हातपात गरिएको थियो ।

सो घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको छ । घटनाबारे नेता श्रेष्ठले निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । घटनामा संलग्नको खोजी गरिरहेको उनले बताए ।

“हामीले अनुसन्धान थालेका छौँ । कुटपिट गर्ने युवाहरूको पहिचान भएको छैन,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro