site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी विकास बैंकले ल्यायो महिला उद्यमी सशक्तीकरण योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्न महिला उद्यमी सशक्तीकरण योजना सार्वजनिक गरेको छ । आलय प्रा.लि. र रायन इनजी प्रा.लि.को सहकार्यमा उक्त योजनाको सुरुवात गरिएको छ ।

यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलाञ्चोकका महिला लघु उद्यमीहरूलाई विद्युतीय सवारी साधन खदिका लागि वित्तीय सहयोग प्रदान गर्ने जानकारी दिइएको छ ।

आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरू आपूर्ति गर्ने बताइएको छ ।

महालक्ष्मी विकास बैंकले हाल १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै अएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro