site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिटरब्याजपीडित र सहकारीको समस्या चुनौतीपूर्ण : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमाणमुखी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । कानुनको नजरमा सबै समान हुने उनले उल्लेख गरे । अनुसन्धान गर्दा निष्पक्ष रूपमा गर्नुपर्ने र त्यो प्रमाणमुखी हुनुपर्नेमा उनले जोड दिए ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट गरिने अपराधको अनुसन्धानले प्रहरी सबल हुने बताए ।

पछिल्लो समय मिटरब्याजपीडित र सहकारीको समस्या ठूलो चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे । आर्थिक अपराध, ठगी, साइबर क्राइम लागुऔषध कारोबारको मुद्दामा नागरिकको अपेक्षाअनुसारको काम गर्न समेत उनले निर्देशन दिए ।

प्रहरीको सरुवा–बढुवामा आफ्नो कुनै दबाब नहुने भन्दै उनले आईजीपीलाई दिएको अधिकार आफैँ प्रयोग गर्न पनि निर्देशन दिए ।

गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूसहित वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए ।

सो अवसरमा गृहसचिव दिनेश भट्टराई समेत उपस्थित थिए । आईजीपी कुँवरले गृहमन्त्री लामिछानेबाट निर्देशनानुसार संगठनले पूर्ण प्रतिबद्ध भएर काम गर्ने बताएका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

आमनागरिकको चाहनाबमोजिम प्रहरी सेवालाई समयसापेक्ष थप जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय बनाउन लागिपरेको पनि उनले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro