site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमतीको ‘हत्या’पछि बेहोसीको ‘नाटक’ : चारजनामाथि अनुसन्धान हुँदै
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिरहाको गोलबजारमा शनिबार बिहान एक महिलाको शव फेला पर्‍यो । गोलबजार नगरपालिका–६ मा होटेल सञ्चाल गरिरहेकी ३२ वर्षीया अनिताकुमारी साहको शव फेला परेको थियो ।

अनिताका पति महेन्द्रकुमार साह अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले अज्ञात समूहले अनिताको हत्यापछि महेन्द्रकुमारमाथि कुटपिट गरेको आशंका गरेको थियो ।

तत्काल प्रहरीले महेन्द्रलाई उपचारका निम्ति गोलबजारस्थित एक निजी अस्पतालमा पुर्‍याएको थियो । तर, अस्पतालले महेन्द्रकुमारमा कुनै समस्या नरहेको भन्दै ‘डिस्चार्ज’ गर्‍यो ।

त्यसपछि प्रहरीले महेन्द्रकुमारकै भूमिका शंकास्पद देखिएको भन्दै उनीमाथि अनुसन्धान जारी राखेको छ । अनिताको हत्यामा संलग्न रहेको आशंकामा महेन्द्रकुमारसहित चारजनालाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी निरीक्षक उदयधाम दुवेदीले जानकारी दिए ।

उनका अनुसार, खुकुरी प्रहार गरेर अनिताको हत्या गरिएको थियो । हत्याको कारण भने खुल्न बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro