site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहामा होटेल सञ्चालकको हत्या : चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहाको गोलबजारमा होटेल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटेल सञ्चालन गर्दै आएकी साहको गर्दन काटएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

गए राति अनिताकुमारी र निजका पति महेन्द्र साहमाथि कुटपिट भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीर घाउचोटसहित बेहोस अवस्थामा फेला पारेको थियो । निजलाई तत्काल उपचारका लागि गोलबजार पु¥याइएको थियो ।

घटनामा संलग्न भएको आशंकामा चारजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । घटना भएको घरनजिकको गोठबाट एकथान खुकुरी बरामद भएको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro