site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टँदा ६ जना बेपत्ता
तस्बिर : एएफपी ।

सियोल । इन्डोनेसियाली नागरिकसहित नौजना सवार दक्षिण कोरियाली माछा मार्ने डुंगा शनिबार देशको दक्षिणी तटमा पल्टँदा ६ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार, २९ टन क्षमताको डुंगा शनिबार बिहान तटीय सहर तोङयोङको एउटा टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार, चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ, तर सबै अचेत अवस्थामा छन् ।

“हामी अझै पनि हराइरहेका ६ जनाको खोजी गरिरहेका छौँ,” सरकारी अधिकारी ली हो–जुनले भने ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीलाई ‘नौसेना र माछा मार्ने डुंगासहित सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।

योनहापका अनुसार, डुंगा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने कार्यमा संलग्न गराइएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro