site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
२०२४ को फेब्रुअरी हालसम्मकै तातो

काठमाडौं । सन् २०२४ को फेब्रुअरी हालसम्मकै सबैभन्दा तातो फेब्रुअरी महिना बनेको छ । युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाले लगातार नवौँ महिनाले तापक्रम वृद्धिमा रेकर्ड कायम गरेको जनाएको छ ।

मानवीय गतिविधि र एल निनो मौसमीय चक्रका कारण सन् २०२३ को जुनयता पृथ्वीमा जल र स्थल दुवैमा तापक्रम बढेको छ । योसँगै पृथ्वीले महत्त्वपूर्ण जलवायु ‘थ्रेसहोल्ड’ पार गर्ने र एट्लान्टिक तुफानी मौसम सिर्जना हुने वैज्ञानिकले चिन्ता व्यक्त गर्न थालेका छन् ।

फेब्रुअरीमा औसत विश्वव्यापी हावाको तापक्रम १३.५ डिग्री सेल्सियस पुगेको छ । यसअघि, सन् २०१६ को फेब्रुअरी सबैभन्दा तातो महिना थियो । त्योभन्दा गएको फेब्रुअरीको तापक्रम ०.१२ डिग्री सेल्सिययले बढी हो ।

पछिल्लो १२ महिनाको विश्वव्यापी औसत तापक्रम १.५६ डिग्री सेल्सियस नाघिसकेको छ । पृथ्वीको तापक्रम २ डिग्री सेल्सियल नाघेमा ठूलो विनाश निम्तने भन्दै वैज्ञानिकको चिन्ता व्यक्त गरेका छन् ।

सन् २०१५ को पेरिस सम्झौताले वैश्विक तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य राखेको थियो । वासिङटनपोस्टबाट ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro