site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अप्रिल १ देखि टीआईएको उत्तरी दिशाबाट जहाज अवतरण गर्न नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा आगामी अप्रिल १ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गर्न नपाइने भएको छ ।

‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिरकणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको तीन हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २३६ मिटर बन्द हुनेछ । जसबाट रनवेको २३६ मिटर घट्ने भएकाले ठूला जहाज उडान तथा अवतरण गर्दा असहज हुनेछ । साना जहाजलाई भने समस्या नहुने सहप्रवक्ता भुल बताउँछन् । 

“पहिले राति ११ बजेदेखि बिहान ७ बजेसम्म बन्द गरेर काम गर्ने तयारी गरेका थियौँ । तर रनवे बन्द गर्दा फ्लाइट बन्द हुन थाले,” भुलले बाह्रखरीसँग भने, “अहिले विमानस्थलको रनवे लम्बाइ तीन हजार ४५ मिटर छ । रनवेमा २३६ मिटर घटाएर चलाउने तयारीअनुसार काम भइरहेको छ । यसले गर्दा रनवे २० बाट दिउँसो समयमा भीएफआर फ्लाइटको ल्यान्डिङ बन्द हुने भएको छ ।”

प्रवक्ता भुलका अनुसार अगामी अप्रिल १ देखि विमानस्थलको उत्तर क्षेत्रबाट उडान तथा अवतरण गर्न नपाइने सूचना आईकाओको प्रावधानअनुसार प्राधिकरणले अन्तर्राष्ट्रिय प्रकाशन एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी)मा  पनि प्रकाशन गरेको छ ।

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरो‍न्नतिको काम भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro