site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुम्बिनीको बाहिरी क्षेत्रको सुरक्षा सशस्त्रलाई दिन कोषको ध्यानाकर्षण 

काठमाडौं । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी गुरूयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरेका छन् ।

कोषका पदाधिकारीसहितको टोलीले आइतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट तथा छलफल गरी माग गरेका हुन् ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले सो क्षेत्रको बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत हेर्ने व्यवस्था गर्न माग गरिएको बताए । उपाध्यक्ष डा. लामाले यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्पका लागि निर्णय गरी गृह मन्त्रालयमा फाइल पठाएको बताउँदै पहलका लागि ध्यानाकर्षण गराए ।

उक्त अवसरमा कोषको ध्यानाकर्षणपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्पका लागि पहल गर्ने प्रतिबद्वता जनाए । लुम्बिनी गुरूयोजना ११ सय ५५ विगाहा क्षेत्रफलमा फैलिएको छ । 

छलफलमा उपाध्यक्ष डा लामाले गुरूयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro