site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनओसी लिने विद्यार्थीलाई सास्ती, सर्भर र जनशक्तिले थेगेन चाप
फाइल तस्बिर ।

काठमाडौं । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन हैरानी बढेको छ । फागुनमा एनओसी लिनेको संख्या बढेपछि वैदेशिक अध्ययन अनुमति शाखा कार्यालयले सहजरूपमा सेवा दिन सकेको छैन ।

एनओसीका लागि आवेदन भर्नेको संख्या बढेपछि प्रमाणित गरेर प्रमाणपत्र उपलब्ध गराउन कार्यालयले सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको कार्यालयमा खटिएका एक अधिकारीले अहिले विद्यार्थीहरूले एनओसी लिन सास्ती पाइरहेको बताए ।

“बिहान ४ बजेदेखि यहाँ आएर मान्छेका छोराछोरीले सास्ती पाइरहेका छन् । यहाँ बिजोग छ । न सर्भरले काम गरेको छ, न जनशक्ति छ । सरकारले रमिता हेरेको छ,” ती अधिकारीले भने ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले अहिले एनओसी लिनेको चाप बढेकाले केही समस्या देखिएको स्वीकार गरे ।

“पहिले दैनिक तीन/चार सयको संख्यामा आवेदन पर्ने गरेको थियो  । अहिले अलि धेरैले नै एनओसी लिन खोज्दा सर्भरमा केही समस्या देखिएको हो । धेरै अप्ठेरो छैन, काम भइरहेकै छ,” प्रवक्ता सापकोटाले भने ।

मन्त्रालयले एनओसीका लागि अनलाइनबाटै आवेदन भरेर कार्यालयले भेरिफाई गरेर अनलाइनबाटै डाउनलोड गर्न सक्ने व्यवस्था गरेको थियो ।

अहिले चाप बढेर जनशक्ति र सर्भरले धान्न नसकेपछि एनओसी लिनेले कार्यालयमै गएर लाइन बसेर भेरिफाई गराउनुपर्ने स्थिति छ ।

 

एनओसीका लागि सरकारलाई राजस्व तिरेर पनि विद्यार्थीहरूले हैरानी खेपिरहेका छन् । सरकारले जनशक्ति थपे एनओसी वितरणमा देखिएको समाधान हुने कार्यालयकै कर्मचारीहरू बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro