site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईईका उत्तरपुस्तिका लिलाम गरिँदै, दुईपटक टेन्डर खुलाउँदा पनि परेन आवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ । लिलामीका लागि बोर्डले दोस्रोपटक सोमबार सूचना जारी गरेको छ । 

ती कागजातहरू गोप्य तवरले मेसिनमार्फत् धुल्याउनुपर्ने बोर्डको सर्त छ । त्यसका लगि रिसाइक्लिङ मेसिन भएका कम्पनीलाई आवेदन दिन भनिएको छ ।

यसअघि बोर्डले उत्तरपुस्तिका लिलामीका लागि गएको माघ १५ गते बोलपत्र आह्वान गरेको थियो । पहिलो सूचनामा कुनै आवेदन नपरेपछि दोस्रोपटक खुलाइएको बोर्डले जनाएको छ । बोलपत्र फारम भर्न ११ दिनको म्याद तोकिएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro