site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मरियम नवाज शरीफ पाकिस्तान पञ्जाबको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित
तस्बिर : एपी ।

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएको प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले सोमबार घोषणा गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम सुन्नी इत्तेहाद काउन्सिलका उमेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् । उनले २२० मत प्राप्त गरिन् ।

आरक्षित सिटसम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्य विधानसभासत्रबाट बाहिरिएका थिए । उनीहरूले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro