site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अमरापुरी शाखाले नवलपरासीको लक्ष्मी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले गैंडाकोट नगरपालिका–१५, नवलपरासी पूर्वमा रहेको उक्त विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको बैंकले जनाएको  छ ।

विद्यालयले शैक्षिक सामग्री सहयोगपछि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास लिएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro