site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिरियाली सेनाले पश्चिमी क्षेत्रमा हतियारयुक्त सात ड्रोन खसाल्यो

दमास्कस । सिरियाली सेनाले आइतबार हामा र इडलिब प्रान्तमा हतियारयुक्त सात ड्रोन नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

‘आतंककारी’द्वारा सञ्चालित ड्रोनहरू हामा र इडलिब दुवैका सैन्य स्थानका साथै अरू गाउँ र सहरहरू नष्ट गर्न पठाइएको बताइएको छ ।

उत्तरी सिरियाका विद्रोहीले विशेष गरी इडलिबको उत्तरपश्चिमी गभर्नरेटमा सरकार नियन्त्रित क्षेत्रमा ड्रोन आक्रमणलाई तीव्र पारेका छन् ।

यस किसिमको सबैभन्दा घातक घटना सन् २०२३ अक्टोबरमा भएको थियो । उक्त ड्रोनमार्फत होम्सको गभर्नरेटमा रहेको सैन्य एकेडेमीमा स्नातक कार्यक्रम भइरहेका बेला आक्रमण गर्दा ८० जनाभन्दा बढी सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro