site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी छन् ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको हो । 

मन्त्री सुदन किरातीले पशुपतिनाथको नाममा रहेको देशभरको जग्गालाई व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro