site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अँगेनोको आगोले घर खरानी

मलेखु । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्कँदा उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१, रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

गए राति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए । “दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्,” तामाङले भने, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरू घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।”

करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब १३ लाख रुपैयाँबराबरको क्षति भएको स्थानीयले बताएका छन् । रासस

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro