site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साठी लाखमा अमेरिका पठाएर साढे ७ लाख रुपैयाँ तलब हुने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४, दिव्यनगरका २८ वर्षीय राजन पन्त रहेका छन् ।

प्रहरीका अनुसार पन्तले अमरबहादुर पुन मगरलाई ६० लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने आश्वासन दिएका थिए । उनले अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक सात लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

पुनबाट उनले पटकपटक गरी १० लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नवलपरासी प्रहरीसँग समन्वय गरेर बिहीबार बर्दघाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro