site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा   

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरूको संख्या ६५ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्नेलगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro