site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनको कुकुरले २४ पटक ‘सेक्रेट सर्भिस एजेन्ट’लाई टोक्यो

काठमाडौं । कमान्डर नाम दिइएको अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले कम्तीमा २४ पटक अमेरिकी गुप्तचर सेवा एजेन्टलाई टोकेको खुलेको छ ।

अमेरिकी गोप्य सेवा (सेक्रेट सर्भिस)को रेकर्डले जर्मन सेफर्ड जातको उक्त कुकुर राष्ट्रपतिका अंगरक्षकका लागि अराजक भएको देखाएको हो ।

सीएनएनले सूचनाको हक प्रयोग गर्दै यो जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।

सन् २०२२ को अक्टोबरदेखि सन् २०२३ को जुलाईसम्म २४ पटक ह्वाइट हाउस र अन्य ठाउँमा यी घटना भएका हुन् ।

कुकुरले गुप्त सेवाका सदस्यलाई नाडी, निधार, कुहिनो, कम्मर, छाती, तिघ्रा र काँधमा टोकेको थियो । यसमा टोकाइका सबै घटना समावेश भएका छैनन् ।

बाइडेनको घरपालुवा कुकुर गत वर्षको अक्टोबरमा ह्वाइट हाउसबाट हटाइएको थियो । त्यसको एक हप्ताअघि सोही कुकुरले टोकेर एक गोप्य सेवा एजेन्टलाई गम्भीर उपचार आवश्यक परेको थियो ।

त्यसअघि जुन महिनामा यसै कुकुरले एक एजेन्टलाई टोकेर रगताम्य भएपछि ह्वाइट हाउसको पूर्वी भागमा २० मिनेटका लागि प्रवेश निषेध गरिएको थियो ।

अमेरिकी सेक्रेट सर्भिसले राजनीतिक नेता र तिनका परिवारलगायतलाई सुरक्षा प्रदान गर्छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro