site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एन्फा उपाध्यक्ष दावा लामा पुनरावेदनमा नगएको पुष्टि, जेल सजाय हुने निश्चित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा लागुऔषध कारोबारको मुद्दामा दोषी भएर पुनरावेदनमा समेत नगएको पुष्टि भएको छ ।

लागुऔषध कारोबारमा सजाय पाएर पनि एन्फाको राजनीतिमा सक्रिय लामाले पुनरावेदन नगरको पुष्टिसँगै उनलाई जेल सजाय हुने निश्चित भएको छ ।

जिल्ला अदालत काठमाडौंले उच्च अदालतले गरेको फैसलाविरुद्ध लामाले पुनरावेदन गरे/नगरेको जानकारी माग्दै सर्वोच्च अदालतलाई पत्र पठाएको थियो ।  माघ १२ गते पत्रमार्फत जवाफ दिएको सर्वोच्चले लामा पुनरावेदनमा नगएको पाइएको बताएको हो ।

पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख छ ।

लागुऔषध खैरो हिरोइनको कारोबार भएको भन्दै काठमाडौं जिल्ला अदालतले गरेका फैसलाविरुद्ध पुनरावेदन गएका लामाको निवेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० मा लागुऔषधको कारोबार गरेको ठहर गर्दै पाँच वर्ष कैद र पाँचहजार जरिवानाको फैसला सुनाएको थियो ।

उक्त फैसला कार्यान्वयन नभई लगतमा रहेको पाइएको हो । दावा लामा फरार अपराधी रहेको समाचार प्रकाशनपछि काठमाडौं जिल्ला अदालतले उनीबारे जानकारी लिएको हो ।

पुनरावेदन नगरेको पुष्टिसँगै अब लामालाई जेल सजाय हुने निश्चित भएको छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले एन्फा भित्र्याएका लामा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङको कार्यबाहक अध्यक्ष भएरसमेत काम गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro