site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य व्यवसायी परिषद्लाई आयोगको निर्देशन– क्षेत्राधिकार मिचेर शिक्षण संस्थाको अनुगमन नगर्नू  

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शुल्क लिइ शिक्षण संस्थाहरूको अनुगमन नगर्न निर्देशन दिएको छ । आयोगको फागुन ८ गतेको कार्यकारी समिति बैठकले अनुगमन नगर्न परिषद्लाई पत्राचार गर्ने निर्णय गरेको हो ।
 
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले शैक्षिक संस्थाको प्रशासनिक तथा प्राविधिक अनुगमनको अधिकार आयोगलाई दिएकाले परिषद्ले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गर्न नपाउने आयोगको ठहर छ । आयोगको कार्यक्षेत्र परेको विषयमा प्रचलित कानुनको अवज्ञा हुनेगरी, परिषद्ले समेत शिक्षण संस्थाबाट शुल्क लिएर अनुगमन गर्ने कार्य उल्लेखित ऐन, नियमावली र कार्यविधीको प्रतिकूल हुने निर्णयमा उल्लेख छ । 

20240221_122915-(1)-1708500186.jpg
 

विषयगत काउन्सिलका विज्ञसहित शिक्षण संस्थाहरूको अनुगमन गर्न आयोगले प्रक्रिया अघि बढाइसकेको पनि आयोगले जानकारी गराएको छ । परिषद्ले गएको माघ २९ गते सार्वजनिक सूचना प्रकाशित गरी न्यूनतम मापदण्ड अनुसार भए/नभएको अनुगमनका निम्ति शिक्षण संस्थाहरुलाई अनुगमन शुल्क बुझाउन भनेको थियो । 


 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro