site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'बालकुमारी घटनाको प्रतिवेदन अध्ययन हुँदै छ, सकिएपछि आवश्यक निर्णय लिन्छौँ'
फाइल तस्बिर ।

काठमाडौं । सरकारले बालकुमारी घटनासम्बन्धी प्रतिवेदनको अध्ययन सकिएपछि आवश्यक निर्णय लिइने जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगको प्रतिवेदनको अहिले अध्ययन भइरहेको बताइन् ।

उनका अनुसार प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाएका छन् ।

मन्त्रिपरिषद्ले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको उनको भनाइ छ ।

त्यस्तै, एनसेलको सेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनेसहितका निर्णय भएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro