site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनी सोमबार राति पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अर्धठोस सुन ८५५ ग्राम बरामद गरेको छ ।

विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको सुन फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय बुझाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro