site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'बाह्रखरी गल्फ'ले पोखराको पर्यटनमा सहयोग पुर्‍याउँछ : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले 'बाह्रखरी गल्फ'ले पोखराको पर्यटन विकासमा सहयोग पुग्ने बताएका छन् । 

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको 'संस्कृति, भूगोल, भूगर्भ, पोखराका पर्यटकीय गन्तव्य' सेसनमा सहजकर्ता कनकमणि दिक्षितसँग कुराकानी गर्दै मेयर आचार्यले पर्यटनको क्षेत्रमा गल्फको विषय उठान गरेका हुन् ।

'पोखरामा कसरी पर्यटक भित्र्याउने र पर्यटनमार्फत आम्दानी कसरी बढाउन सकिन्छ ?' भन्ने प्रश्नमा मेयर आचार्यले बाह्रखरीले आयोजना गर्न लागेको गल्फजस्ता इभेन्ट पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण हुने बताएका हुन् ।

पोखरामा छिट्टै बाह्रखरी गल्फ आयोजना हुँदै छ ।

“चैतको पहिलो हप्तामा एउटा विशेष कार्यक्रम हुँदै छ, पोखरामा । गल्फ टुर्नामेन्ट हुँदै छ । त्यसलाई हामीले हरेक वर्ष गर्ने गरी क्यालेन्डरमा राख्ने कुरा आयोजक साथीहरूसँग भएको छ । त्यो चाहिँ सायद खेलभित्रको सबैभन्दा महँगो, एउटा उदाहरण मात्र भनेको,” मेयर आचार्यले भने ।

बाह्रखरी गल्फजस्ता अरू इभेन्टहरू पोखरामा गर्न सकिने कुराहरूमा आफूहरूले योजनाभित्र राखेको उनले बताए ।

“त्यसका लागि आवश्यक पूर्वाधार बनाउने कुरामा, खासगरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरा हामीले योजनामा राखेका छौँ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro