site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अटोले दुई वटा साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । 

आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिएको थियो । 

मृत्यु हुनेमा शिवसताक्षी–८ की ९ वर्षीया शितल श्रेष्ठ छिन् । अटोको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा शिवसताक्षी–८ का ३१ वर्षीय दिलीप श्रेष्ठ, उनको छोरी ११ वर्षीया गोमा श्रेष्ठ र अटो चालक ५२ वर्षीय पूर्णबहादुर भट्टराई घाइते भएका छन् । घाइतेहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro