site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रौतहटमा अनिश्चितकालीन कर्फ्यु

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरीचौकीसम्मको क्षेत्रमा शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताए । रासस

asdfmg-1708187941.jpeg
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro