site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात महिनामा ठगी र चोरीका एक हजार उजुरी, हत्याका घटना महिनैपिच्छे

काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३७ वर्षीय पुरुषोत्तम अधिकारीले बाँकेकी रिता अधिकारीसहित ६ जनालाई जापान पठाइदिनेभन्दै प्रतिव्यक्ति आठ लाख रुपैयाँका हिसाबले पैसा उठाए ।

पीडितलाई विश्वासमा पारेर अधिकारीले पटक–पटक गरेर उनीहरुबाट ३५ लाख रुपैयाँ उठाए ।  तर, लामो सयमसम्म पनि अधिकारीले उनीहरुलाई जापान पठाउन सकेनन् । पछिल्लो समय त अधिकारी पीडितबाट सम्पर्कविहीन नै भए ।

रितासहित जापान जाने सपना बुनेकाहरु जापान होइन आफ्नै रकम फिर्ता गरिदिए पनि हुन्थ्यो भन्ने अवस्थामा पुगे । तर, पीडितले अधिकारीलाई कसैगरी पनि फेला पार्न सकेनन् । रितासहितको समूह अधिकारीले आफूहरुलाई ठगी गरेको निस्कर्षसहित प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय गुहार्न पुगे । 

उनीहरुकै उजुरीको आधारमा प्रहरीले अधिकारीलाई सोमबार बानेश्वर बिजुलीबजारबाट पक्राउ गरेको छ ।  अधिकारीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

अधिकारीबाहेक कार्यालयको टोलीले सोमबारमात्रै वैदेशिक रोजगारीकै लागि खाडी मुलुकदेखि युरोपसम्म पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का डुलबहादुर खड्का र संखुवासभाका सुरेन्द्र श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । यी प्रतिनिधिमूलक घटनामात्रै हो । उपत्यका प्रहरी कार्यालयले मात्रै वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्नेलाई दैनिक पक्राउ गर्दै आएको छ । 

उपत्यकाका अन्य प्रहरी कार्यालयले समेत दैनिक विभिन्न ठगीका आरोपीहरुलाई पक्राउ गर्दै आएको छ । उपत्यका प्रहरी कार्यालयको तथ्यांकले गएको साउन यताका सात महिनामा मात्रै उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा पाँच सय १२ ठगीका उजुरी परेको देखाएको छ ।

चोरी, जबर्जस्ती करणी, कर्तव्य ज्यान, मानव बेचविखन र लुटपाट अपराधको तुलनामा ठगीको संख्या उल्लेख्य देखिएको हो ।  यी सात महिनाको अवधिका चोरीका चार सय ७०, जबर्जस्ती करणीका १९० र कर्तव्य ज्यानका २० वटा घटना भएको देखिन्छ ।

त्यस्तै पाँचवटा मानव बेचविखनको आरोपमा उजुरी परेको छ ।  यसरी ठगीका उजुरीहरुमा अधिकांश सबै वैदेशिक रोजगारीको नाममा ठगी पर्नेहरुको रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीको भनाइ छ ।

हत्याका घटना पनि महिनैपिच्छे

उपत्यकामा जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना पनि महिनापिच्छे हुने गरेको देखाएको छ । सात महिनाको अवधिमा २० वटा कर्तव्य ज्यानको घटना उपत्यकामा घटेका हुन् ।

शनिबार मात्रै ललितपुरकी ३६ वर्षीया रविना महर्जनले आफ्नै ६ वर्षीय छोरा र २ वर्षीय छोरीको हत्या गरेर आफूले समेत आत्म हत्या गरेकी थिइन् । त्यस्तै रामेछाप लिखु तामाकोशी गाउँपालिकाकी प्रमीला दमाईकोसमेत गौशालाको एक होटलमा हत्या भएको थियो ।

हत्या आरोपमा काठमाडौं प्रहरीले आइतबार दोलखाका उनकै प्रेमी कुमार श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।  माघ महिनामा मात्रै यी दुई हत्या घटनाबाहेक थप पाँच जनाको हत्या भएको छ । त्यस्तै पुसमा २ जना र मंसिरमा एक जनाको हत्या भएको थियो ।

त्यस्तै आसोज र कार्तिकमा सामान २–२ र साउन र भदौमा समान ४–४ जनाको हत्या भएको देखिएको छ । संघीय राजधानी भएका कारण देशभरका नागरिकको बसोबास काठमाडौं केन्द्रित हुने हुँदा देशको अपराधको घटनामध्ये अधिकांश काठमाडौं हुने गरेको प्रहरीको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro