site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घर नै भाडामा लिएर भारतीय नागरिकलाई ‘बन्धक’, यसरी पुगेको थियो प्रहरी

काठमाडौं । भारतीय नागरिकलाई नेपालमा बन्धक बनाउने गिरोहका आठजनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले गएराति गौशालाको एउटा घर नै भाडामा लिएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको थियो । ११ भारतीय नागरिकलाई बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका सबै भारतीय नागरिक नै हुन् । 

अमेरिका, क्यानडा तथा अन्य युरोपका मुलुकमा पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाएको खुलेको हो । प्रहरीले गिरोहमा संलग्न भारत मध्य प्रदेशका इन्दुसिंह यादव, निपुन गुप्ता, चरणजित सिंह, अशोक कुमारलाई पक्राउ गरिएको हो । 

त्यस्तै, अब्दुल रहिमन, मनिषकुमार मलहोत्रा, रवि मेवाडे र रामचन्द्र शर्मा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार गौशालामा तीन महिनादेखि घर नै भाडामा लिएर बन्धक बनाएको खुलेको छ । भाडाबापत ७५ हजार तिर्ने गरेको प्रहरीले जनाएको छ । 

उनीहरूले अमेरिका पठाइदिने भन्दै पीडितबाट ४० लाखसम्म भारतीय रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ । घरभित्र बन्धक बनाएकाहरूलाई आफ्नै अगाडि फोन गर्न लगाउने, गलत कुरा बोल्न लगाएर रकम माग गर्ने गरेका थिए ।

भारतीय नागरिकको शंकास्पद गतिविधिको सूचनापछि प्रहरीले सो घरमा छापा मारेको थियो । त्यसपछि बन्धक बनाइएका पीडितहरूको उद्धार भएको हो । 

त्यसरी गलत कुरा नगरे शारीरिक यातना समेत दिने गरेको खुलेको हो । पक्राउ परेकामध्ये इन्दुसिंह यादव र निप्नु गुप्ता २०४२ सालदेखि नै नेपालमा बस्ने गरेको खुलेको छ । उनीहरूले विभिन्न देशका अध्यागमनका नक्कली बोर्डिङ पास र टिकट समेत छाप्ने गरेको खुलेको छ । 

प्रहरीले उद्धार गरेका ११ जना भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावास बुझाउने तयारी गरेको छ । पक्राउ परेकामाथि भने शरीर बन्धक कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । भारतीय नागरिकलाई बन्धक बनाउन सहयोग गर्ने एक नेपाली समेत पक्राउ गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro