site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच लाख डेनिस क्रोनसहित विमानस्थलबाट दुई पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा ३१ वर्षीय यासिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको हो । 

फ्लाई दुबई एयरलाइन्सको उडानमा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट करिब ९५ लाख ४३ हजार ३८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा बरामद गरिएको छ । अवैध रूपमा लुकाइछिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको बताइएको छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro