site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचौँ विकेटको रूपमा आउट भए कुशल 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले कुशल मल्ललाई पाँचौँ विकेटका रूपमा गुमाएको छ ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले कुशललाई १९.५ ओभरमा गुमाएको हो । कुशलले २२ बल खेल्दा एक चौका र एक छक्कासहित १५ रन बनाए ।

जारी खेलको २१ ओभर सकिँदा नेपालले पाँच विकेट गुमाएर ६८ रन बनाएको छ ।

त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थपेका थिए । अनिल साह आठ रनमा पभेलियन फर्कंदा कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भए ।

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro