site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी व्यक्तिगत सवारी कर्जामा ब्याजदरका नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत घर कर्जा र व्यावसायिक कर्जा १०.९९ प्रतिशत र व्यक्तिगत सवारी कर्जा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान हुने बताइएको छ ।

तिनै प्रकारको कर्जामा पहिलो एक वर्षका लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने पनि बताइएको छ ।

उक्त योजनाअनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुनर्निर्माण/मर्मत सम्भार गर्न न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रूपैयाँसम्मको कर्जा प्रदान गरिनेछ ।

साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १०.९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

व्यक्तिगत सवारी कर्जामा  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने पनि बताइएको छ । व्यक्तिगत सवारी कर्जाको न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत कम हुने बताइएको छ । सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने जानकारी दिइएको छ । बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro