site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

महिलामाथि बलात्कार गरेको उजुरी परेपछि गजमेर पक्राउ परेका हुन् ।  परिसरका एसपी नवराज कार्कीका अनुसार माघ २९ मा उनीविरुद्ध बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

यसअघि गजमेर उच्च अदालत पाटनमा कार्यरत थिए । उच्च अदालत पाटकमै कार्यरत महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । पक्राउ परेका गजमेरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro