site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा टिपर पल्टँदा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

आइतबार बेलुका करिब सवा ८ बजे बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा४ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते स्थानीय एक बालकसहित दुईजनाको उपचार जारी छ । टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro