site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गौशालाको गेस्ट हाउसमा भेटियो महिलाको शव, सन्दीपको नाममा बुक भएको थियो कोठा

काठमाडौं । प्रहरीले गौशालाको विजयचोकस्थित एक गेस्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या भएको आशंका गरेको छ । शनिबार सिरहा–धनुषा गेस्ट हाउसमा ३५–४० वर्षकी देखिने एक महिलाको शव फेला परेको थियो ।

तर, ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । मृत भेटिएकी महिला बस्ने कोठा सन्दीप लामाको नाममा बुक भएको खुलेपछि महिलाको हत्या भएको आशंका प्रहरीले गरेको हो । लामा हाल फरार छन् ।

प्रहरीका अनुसार शुक्रबारदेखि महिला र सन्दीप कोठामा बसेको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

टोखामा भेटियो युवकको शव, हत्याको आशंका

त्यस्तै, टोखा नगरपालिका–६ धापासीस्थित टहरामा बस्दै आएका ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको शव पनि प्रहरीले शनिबार फेला पारेको थियो । उनको पनि हत्या भएको आशंका प्रहरीले गरेको छ ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro