site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुक र लागुऔषधसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भरुवा बन्दुक र लागुऔषधसहित उदयपुरबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–६ का २४ वर्षीय दिपेश राई र बेलका–९ का ३० वर्षीय भूपेन्द्र राई छन् । शुक्रबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दिपेशको घर तलासी गर्दा ‘लोड’ गरेर राखिएको अवस्थामा भरुवा बन्दुक एकथान, त्यसमा लाग्ने बारुद, नियन्त्रित लागुऔषध ट्रामाडोल १२ चक्की र गाँजा ५१० ग्राम फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro