site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अध्यागमन विभागले सुरु गर्‍यो ई–भिसा र अनलाइन भुक्तानी सेवा

काठमाडौं । अध्यागमन विभागबाट हुने सबै सेवा शुक्रबारदेखि ई–भिसा तथा अनलाइन भुक्तानी सुरु भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन भुक्तानी सेवाको सुरु गरेका हुन् । 

विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्णरूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरूमा पूर्णरूपमा डिजिट र स्वचालित रूपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन् । 

विभागले माघबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोला भएका छन् । ई–भिसा एक विदेशी नागरिकलाई दिएर सुरुआत भएको छ ।  

उक्त सेवा सुरु भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरू भौतिक रूपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिनेबाहेक अन्य सेवाग्राही विभाग जानुपर्ने छैन । 

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिबानाहरू सबै नेपाली बैंकका मोबाइल बैंकिङ एपको क्यूआर तथा वालेट सेवा प्रदायक कनेक्ट आईपीएस, ई–सेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागु भएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro