site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तान निर्वाचन : सार्वजनिक हुँदै नतिजा

काठमाडौं । पाकिस्तानमा बिहीबार भएको मतदानपछि नौ घण्टा ढिलो गरी नतिजा सार्वजनिक हुन सुरु भएको छ ।

हालसम्म निर्वाचन आयोगले राष्ट्रिय सभाका ११ सिटको नतिजा सार्वजनिक गरेको छ । तर, यो नतिजा अन्तिम नभएको बीबीसीले जनाएको छ ।

हालसम्मको नतिजामा पाकिस्तान मुस्लिम लिग–नवाज अर्थात् पीएमएलएनले राष्ट्रियसभामा पाँच सिट जितेको छ । तीमध्ये तेहरिक–ए–इन्साफ अर्थात् पीटीआईलाई समर्थन गर्ने चार उमेदवार विजयी भएका छन् ।

बिलावल भुट्टो जरदारीको पार्टी पाकिस्तान पिपुल्स पार्टीले राष्ट्रियसभामा दुई सिट जितेको छ ।

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष शेहबाज शरीफ लाहोरको सिट एनए–१२३ बाट ६३ हजार ९५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पीटीआई समर्थित स्वतन्त्र उमेदवार अफजल अजिम पहाटले ४८ हजार ४८६ मत पाएका बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro