site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पहिलोपटक वर्षको वैश्विक तापक्रम १.५ डिग्री सेल्सियस नाघ्यो

काठमाडौं । युरोपेली संघ (ईयू)को जलवायु सेवाले पहिलोपटक एक वर्षको तापक्रम १.५ डिग्री सेल्सियस नाघेको बताएको छ ।

सन् २०१५ मा विश्वभरका नेताहरूले दिर्घकालीनरूपमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढी नाघ्न नदिने लक्ष्य राखेका थिए । विश्वको तापक्रम योभन्दा बढी पुगेमा खतरनाक क्षति भोग्नुपर्ने बताइएको छ ।

वर्षभरीको तापक्रमले सीमा नाघ्दैमा पेरिस सम्झौता नटुटेको तर सीमा नाघ्ने सम्भावनाको नजिक पुगेको वैज्ञानिकहरूको भनाइ छ । 

कार्बन उत्सर्जन घटाउन सके तापक्रम वृद्धिलाई सुस्त बनाउन सक्ने बताइएको छ ।

रोयल मेटियोलोजिकल सोसाइटीका प्रमुख कार्यकारी प्रोफेसर लिज बेन्टले वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस भन्दामाथि जानु गम्भीर विषय भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको सन् २०१८ को ऐतिहासिक प्रतिवेदनले वैश्विक तापक्रम दुई डिग्री सेल्सियसले बढेमा तातो हावा चल्ने, समुद्री सतह बढ्ने र वन्यजन्तु लोप हुने जस्ता कयौँ क्षति हुने जनाएको छ ।

फेब्रुअरी २०२३ देखि फेब्रुअरी २०२४ सम्ममा वार्षिक तापक्रम १.५ डिग्री पुगेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro