site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुकुटेमा पिकअपको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

बुधबार साँझ चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा बा१९च९१२३ नम्बरको पिकअपले बा.प्र.०२–०२७ प. ८५६२ नम्बरको स्कुटी र बा.४२प. ४१६० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटी र मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।

उपचारका क्रममा स्कुटी चालक दोलखाको वैतेश्वर गाउँपालिका–७ का २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा बुधबारै राति ९ः५ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

घाइते भएका स्कुटीमा पछाडि सवार र मोटरसाइकल चालकको उपचार जारी छ । पिकअप चालक, पिकअप, स्कुटी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro