site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
व्यापक छलफल गरेर मात्र मिडियासम्बन्धी विधेयक ल्याउन महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउँदा सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै ल्याउन सरकारलाई आग्रह गरेको छ ।

आज बसेको महासंघको बैठकले सरकारले संसद्को चालु अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

"सञ्चार सम्बद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघ सरकारसँग माग गर्दछ," बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

बैठकले समग्र सञ्चार क्षेत्र नै गम्भीर संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्न पनि आग्रह गरेको छ । बैठकले लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र नयाँ मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न माग गरेको छ ।

बैठकले महासंघको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निणर्य पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro