site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लोमस फार्मास्युटिकल्सको ‘ओएनओ सिरप’ बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्सद्वारा उत्पादित ‘ओएओ सिरप’ बिक्रीमा रोक लगाएको छ । लोमसद्धारा उत्पादित ब्याच नम्बर ओएनएसओ १२३ को राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा लिकेज भएको पाइएपछि बिक्रीमा रोक लगाइएको हो । 

विभागद्धारा संकलित नमुनामा मापदण्डविपरीत विर्कोमा लिकेजको समस्या पाइएपछि थप अनुसन्धानका लागि तत्काललाई बिक्रीमा रोक लगाइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीले जानकारी दिए । 

विभागले अर्को आदेश नभएसम्म सो औषधि बिक्री वितरण नगर्न सबैमा सूचित गरेको छ । सो औषधि क्यान्सरको किमोथेरापीको क्रममा बान्ता रोक्न बालबालिका तथा वयस्कमा प्रयोग हुने गरेको छ । 

उत्पादक लोमस कम्पनीलाई लिकेजको सम्बन्धमा अनुसन्धान रिपोर्टसहित १५ दिनभित्र विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ । 

न्यून गुणस्तरीय पाइएपछि यसअघि माघ १४ गते विभागले लोमस कम्पनीकै सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याब्लेट बिक्रीमा रोक लगाएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro