site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध पनि जाहेरी
फाइल तस्बिर ।

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेविरुद्ध पनि जाहेरी परेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो ।

सूर्यदर्शन सहकारी पीडित समूहले पुरक जाहेरी दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

यसअघि सहकारी ठगी प्रकरणमा ग्यालेक्सी टेलिभिजनका सञ्चालक तथा तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध जाहेरी परेको थियो ।

जीबी भने हाल फरार छन् । उनीविरुद्ध प्रहरीले यसअघि नै डिफ्युजन नोटिस जारी गरिसकेको छ । 

लामिछानेसहित जाहेरी परेकाहरूविरुद्ध प्रहरीले अनुसन्धान गर्ने बताइएको छ । ठगी प्रकरणमा संलग्नता देखिए जिल्ला सरकारी वलिक कार्यालयमार्फत फेरि पुरक अभियोजन दर्ता हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro