site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–७ का २८ वर्षीय सनम मगर र हेटौँडा उपमहानगरपालिका–१९ का २० वर्षीय शैलेश आले छन् ।

उनीहरू काठमाडौंको बल्खुमा बस्दै आएका थिए । गएको शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्टबाट चोरी भएको बा९७प ३०२ नम्बरको स्कुटरसहित सनम र झरुवारासीबाट चोरी भएको बा९५प २८०९ नम्बरको स्कुटरसहित शैलेशलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ । 

यस्तै, काठमाडौंको माकलबारीबाट गएको शुक्रबार चोरी भएको वाग्मती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित दुईजना पक्राउ परेका छन् । शनिबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१ का १८ वर्षीय किशोर र वाग्मती गाउँपालिका–३ का २४ वर्षीय छविलाल बज्यु छन् ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro